
काठमाडौं : विश्वभर कोरोना भाइरस ९कोभिड–१९० को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन् ।स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेला परेका हुन् ।
पाण्डेका अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा डेंगुका बिरामी फेला परेका हुन् ।
डा। पाण्डेका अनुसार डेंगुका सबैभन्दा धेरै बिरामी रुपन्देहीमा ११ जना फेला परेका छन् । उनका अनुसार काठमाडौं, ललितपुर र मोरङ जिल्लामा तीन÷तीन गरेर ९ जना बिरामी भेटिएका छन् ।
महाशाखाका अनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी ५ नम्बर प्रदेशमा १४ बिरामी भेटिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा। अनुप बास्तोलाले डेंगुको संक्रमण बढ्न सक्ने बताए ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले यो समाचार लेखेका छन् ।