कुरिनटार :  नेपाल प्रहरीको सक्रियतामा सिमान्तकृत चेपाङ समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम गरिएको छ । वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन बागमती प्रदेश अभियानको क्रममा सुरु लागु औषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा फेरि कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सुरु गरेको हो ।

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्व समुदायमा स्वास्थ्य क्षेत्रमा आपतकल घोषणा भइसकेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यलय समन्वय, जिल्ला प्रहरी कार्यालय चितवन र ईच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा चेपाङ समुदायको बाहुल्य रहेको च्छाकामना वडा नम्बर ३ को डाडाँ गाउँमा   बृहत् सचेतना कार्यक्रमसगैँ निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।
सो अवसरमा आयोजित सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविर झण्डै ३ सय बढी स्थानियहरु लाभान्वीत भएका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वागमती प्रदेश भरिका विभिन्न जिल्लाका नागरीकलाई यसप्रति सचेत बनाउन सचेतना कार्यक्रमको आयोजना गरेको वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख एसएसपी किशोरकुमार दाहालले जानकारी दिए ।

 

कोरोना विरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वागमती प्रदेशलाई यसको प्रकोप आउन भन्दा पहिला नै जेगाउन र सिमान्तकृत चेपाङ समुदायलाई सचेत गराउदै अभियान नै चलाएका हौँ’, निमिक्त प्रमुख एसएसपी दाहालले भने ।अहिले विशेष अभियानको रुपमा सामुहिक रुपमा प्रतिवद्धता गर्दै गाउँ टोल हुदैँ निर्मुल पार्ने कार्य थालेको बताउदै यो सुरुवात भएपनि अन्त्य नभएसम्म निरन्तर रुपमा लाग्ने उनको प्रतिवद्धता छ ।
आम जनताहरुलाई स्वास्थ्य प्रति सजग गराए मात्रै सुखी नेपाली, समृद्ध गाउँपालिका बन्ने भन्दै प्रहरीको सक्रियता थालेको अभियान प्रभावकारी बन्ने गाउँपालिका प्रमुख गीता गुरुगंले बताईन् ।

कार्यक्रममा पुरानो मेडिकल कलेजका डा।वृद्धिकुमार श्रेष्ठले कोरोना भाइरस, बिश्वमा वर्तमान समयमा यसको अवस्था, लक्षण र बच्ने उपायका बारेमा र प्रविधि प्रयोगसहित कोरोनाको बारेमा भिडियो सामाग्रीसहित विशेष सचेतना प्रस्तुती प्रदेश प्रमुख दाहालले सहभागी चेपाङ्ग समुदायहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा डा.श्रेष्ठसहित जुनियर प्रहरी अधिकृत शिक्षालयकी प्रहरी निरीक्षक डा।ऋचा निरौला, पुरानो मेडिकल कलेजका डा।वृद्धि कुमार श्रेष्ठ, डा।सम्पदा तिवारी, डा.प्रकाश अर्याल, डा.रोजशकुमार शाहले विरामीहरुको चेकजाँच गरेका थिए । सो अवसरमा स्त्री सम्बन्धी समस्या, हाडजोर्नी नसा तथा मुटु रोगका विरामीहरु बढी देखा परेको चिकित्सकहरुले जानकारी गराए । पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा कलेजले नै निशुल्क औषधी तथा जटिल समस्या देखिका विरामीहरुलाई थप उपचारका लागि कलेजमा लगिने कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाकी प्रमुख गीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश प्रहरी कार्यलयका प्रहरी निरीक्षक देवराज काफ्लेले कार्यक्रम सञ्चालन गरेको थिए । यस्तै कार्यक्रममा प्रदेश सासंद गिता वाग्ले प्रमुख अतिथि रहेकी थिईन् भने, चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ्गले स्वागत मन्तव्य राख्र्दै यो अभियान जिल्ला भरि नै गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा गाउापालिका उपाध्यक्ष् कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्रि गुरुङ वडा नम्बर ३ का वडाध्यक्ष गोवर्धन अधिकारी, वडा नम्बर ६ का अध्यक्ष भूपेन्द्र चेपाङ लगायतको उपस्थिति रहेका थिए ।