कुरिनटार :  चितवन जिल्लाको पहाडी क्षेत्र ईच्छाकामना गाउंँपालिकामा रहेको सर्वशान्ति मा वि कुरिनटार र जनप्रिय मा.वि.काउलेमा अध्ययनरत १ हजार ५० जना विद्यार्थीको मुटु तथा तथा मृगौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
ईच्छाकामना गाउंँपालिकाको आयोजना र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि. चितवनको संयोजनमा उक्त शिविर सम्पन्न भएको हो । .
शिविरमा १५ जना विद्यार्थीमा मुटुको बाथरोग , १ जनामा जन्मजात मुटुमा प्वाल परेको र अर्का १ जनामा भल्ब लिकेज देखिएको मुटुरोग बिशेषज्ञ डाक्टर शंकर लौडारीले जानकारी दिए ।
शिविरमा संलग्न डाक्टर शंकर लौडारी र डाक्टर केशब बुढाथोकीले विद्यालयमा अध्ययनरत ५ देखी १५ बर्ष उमेरका बालबालिकाहरुमा मुटुको भल्ब साँघुरो हुने ,धड्कन अनियमित जस्ता लक्षण देखिएको बताए ।
शिविरमा बिद्यार्थीहरुको मृगौला परीक्षण गर्दा अधिकांश विद्यार्थीहरुको मृगौलाको अवस्था सामान्य रहेको वरिष्ठ मृगौलारोग विशेषज्ञ डा.सन्तोष गुरुङले बताए ।


शिविरमा डाक्टर शंकर लौडारी,डाक्टर केशब बुढाथोकी , वरिष्ठ मृगौलारोग विशेषज्ञ डा.सन्तोष गुरुङ, आर.डि.एल. चितवनका टेक्नोलोजिष्ट उत्तम कुवँर लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए । शिविरमा मुटुको ईकोकार्डियोगा्रफी,रगतमा सुगर,क्रिटिनाईन, पिसाबमा एल्बोमिन र प्रोटिनको ल्याब सेवा प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई चिकित्सकले मुटुरोग र मृगौला रोगबारे सचेतना दिएको गाउंपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए ।.
सो अवसरमा बोल्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले चितवनको विकट गाउंँका विद्यार्थीलाई दिइएको स्वास्थ्य परीक्षणबाट ठुलो लाभ मिलेको बताईन । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाइन । त्यस्तै उपाध्यक्र्ष िर्कर्ती कुमार श्रेष्ठ ,प्रमुख प्रशासकिय अधिकृत बासुदेव लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रम गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो .चितवनमा रहेका ७ वटा स्थानीय तहमध्ये यस गाउंंँपालिका भौगोलिक विकटता संगै यहांँ जनजाति समुदायको बाहुल्यता रहेको छ ।