काठमाडौं :  एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ।
राति भारी वर्षा भएपछि मैदान हिलो हुँदा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुबै टिमले समान १–१ अंक पाए।
चार खेलबाट दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा पानी परेपछि अंक बाँडेको नेपालले तीन अंक बनाएर प्रतियोगिता सकायो। एसिया कप छनोटमा पुग्ने लक्ष्य लिएर गएको नेपाल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो। थाल्यान्डलाई ९ विकेटले पराजित गरेपनि हङकङ सिंगापुरसँग पराजित भएसँगै एसिया कप छनोटमा पुग्ने नेपालको झिनो आश सकिएको थियो।
सिंगापुर भने एसिया कप छनोटमा पुगि सकेको छ। सिंगापुरको चार खेलबाट ७ अंक छ।