गोरखा स् निर्माण भइरहेको पक्की पुल भत्किएको छ। निर्माणाधीन पुल भत्किँदा ३ जना कामदार घाइते भएका छन्। गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने गरी मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको मोटरेबल पुल मंगलबार राति भत्किएको हो। ‘पुलको ढलान गर्न रड बाँधिरहेका बेला भत्किएको होु, गोरखाका एसपी ओम अधिकारीले थाहाखबरसँग भने, ‘पुल भत्किँदा तीनजना कामदार घाइते भएका छन। एकजना अलि गम्भीर छन्। उनलाई उपचार गर्न काठमाडौँ पठाइसकिएको छ।’ घाइते भएका २ जना कामदारलाई स्थानीय स्वास्थ्य संस्थाा उपचार गरिएको छ। ४३ मिटर लामो पुल ढलानका लागि छड बाँध्ने क्रममा नदीमा खसेको हो।