काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सम्पन्न निर्देशन दिएको छ ।मन्त्रालयले करिब एक महिना विद्यालयमा कुनै पनि गतिविधि सञ्चालन नगर्न पनि आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो आग्रह गरेको हो ।मन्त्रालयको यो निर्देशनपछि आगामी शैक्षिक सत्र वि।सं। २०७७ को सरकारी भर्ना अभियान र निजी विद्यालयको भर्ना प्रक्रियामा गम्भीर समस्या पर्ने भएको छ ।

मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सम्पन्न गरी करिब एक महिना विद्यालय बन्द गर्ने अलिखितिरूपमा निर्देशन दिएको हो ।

बैठकमा उपस्थित सबै सरोकारवालाले लिखितरूपमा विद्यालय बन्द नै गर्न उल्लेख नगरे पनि अधिकांश सरोकारवाला निकायले विषम परिस्थितिमा विद्यालय बन्द गर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन् ।