
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ गाडीबाट ओर्लने वित्तिकै प्रधानमन्त्री केपी ओली शुभेच्छुक सामु मुस्कुराए । उनी सञ्चारकमीसंग बोलेनन् । प्रशन्न मुद्रामा हात हल्लाए । प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा।प्रेमकृष्ण खड्गले बताए ।
ओलीलाई मृगौला दिन चार घण्टा अघि नै अस्पताल पुगेकी थिईन, ३२ बर्षीया समीक्षा संग्रौला । उनी पनि आकर्षणको केन्द्र बनिन् । दर्जनौं फोटोग्राफरले पछ्याएपछि उनी मुस्कुराउँदै भित्र छिरिन ।
प्रधानमन्त्री मुस्कुराउँदै अस्पतालमा शिर्षकमा आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा दिनेश गौतमको समाचार लेखेका छन् ।