गोरखा :  दोश्रो नवस्मृति कप पुरुष भलिबलको उपाधी कालिका युवा क्लब निभारेले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा नवस्मृति युवा परिवार ‘ए’ लाई पराजित गर्दै उपाधी जित्न सफल भएको हो । उपाधी संगै कालिका युवा क्लब निभारेले रु ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैबिच द्वितिय हुने नवस्मृति परिवार र तृतिय हुने लाङघाली श्रृजनशिल युवा क्लब रिन्जेली बढहरेले क्रमश रु ३० हजार र २० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैबिच विभिन्न उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको छ । कालिका युवा क्लबका मनिष मल्ल उत्कृष्ट देलडाी घोषित भए । उनले नगद रु दुई हजार प्राप्त गरे ।
साथै स्पाइकर तर्फ नवस्मृति ‘ए’का सरोज हायु, सेटर तर्फ नव युवा ‘ए’ कै विनय यादव, डिफेन्स तर्फ लाङघालीका विशाल आले , सर्भर तर्फ कालिका युवा क्लबका कुलेन्द्र गुरुङ ,ब्लकर तर्फ नवयुवा क्लब ‘ए’का का मनोज श्रेष्ठ र उदयमान खेलाडी तर्फ नय युवा क्लब ‘ए’का शिशिर पन्त उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनिहरु रु एक/एब हजारर नगद प्राप्त गरेका छन् ।
विजेता टिमलाई प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरे ।
साथै सो अवसरमा सर्वशान्ति माविका भूपु शिक्षक बलराम त्रिपाठीलाई सम्मन गरिएको थियो। खेलकुद क्षेत्रमा पु¥याएको योगदान बापत् उनलाई सम्मान गरिएको हो ।
नवस्मृति युवा परिवार सहिद लखन गाँपालिका ४ को आयोजना प्रतियोगिता सम्पन्न भएको हो ।