गोरखा, ४ फागुन । शहिद लखनगाउँपालिका वडा नम्बर –४ जुग्दी राईनाश गोरखामा फागुन ७ देखि १० गते सम्म हुन गइरहेको दोश्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्षपनि महाशिवरात्रीको अवसरमा फागुन ७ गते १० गते सम्म चार दिन प्रतियोगिता हुने भएको हो । खेलाडी मान होइन सम्मान हो, खेलकुद सान होइन हाम्रो पहिचान हो, भन्ने मुल नाराका साथ हुने पुरुष भलिबल प्रतियोगिताको विजेता टिमले रु ५० हजार नगद ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने यसै बिच दोश्रो हुनेले क्रमश रु ३० हजार ट्रफी मेडल र प्रमाण तथा तेस्रो हुनेले २० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद संयोजक लक्ष्मण काप्रि ले जानकारी दिनुभयो साथै प्रतियोगितामा विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको संयोजक काप्रीले जानकारी दिनुभयो।उक्त प्रतियोगितामा मिडिया पार्टनरको रुपमा इच्छाकामना एफएम १०२.४ मेगाहर्ज र इच्छाखबर डटकम रहेका छन । प्रतियोगिताको विजेतालाई संघिय सांसद हरिराज अधिकारी (कुमार)को हातबाट पुरस्कार वितरण गरिने कार्यक्रम रहेको संयोजक काप्रीले जानकारी दिनुभयो ।