काठमाडौं :  पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको भ्रष्टाचार मुद्दाको विरोध गर्ने निर्णयबाट प्रमुख प्रतिपक्षी कांग्रेस पछि हटेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकबाट तीन पटकसम्म अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न दिने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मंगलबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा सचेतक पुष्पा भुषालले बोलेपछि कांग्रेसले संसद खोलिदिएको हो। भुसालले सभामुख अग्नि सापकोटासँग समय लिएर बोल्दै बालुवाटारको जग्गा विक्री प्रकरणमा चलेको मुद्दालाई सरकारले उपलब्धीमूलक भनेकाले अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएकोमा कुनै शंका नरहेको दाबी गरिन्।
नेतृ भुसालले अख्तियारको कामलाई प्रमुख प्रतिपक्षी दलले नजिकबाट नियालिरहेको बताइन् ।