ललितपुर : प्रतिबन्धित विप्लव समुहका मेची–कोशी व्यूरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन०)नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गर्नुभएको छ । आज बिहान अध्यक्ष निवास खुमलटारमा उहाँलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो ।
सो अवसरमा अध्यक्षले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्ने बताउनुभयो ।
नवप्रवेशी राईले नेकपा विप्लव नेतृत्वको पार्टीले गरेको अराजक गतिविधिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने भएको बताउँदै समृद्ध र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो समुह परित्याग गरेको बताउनुभयो ।
उहाँले विप्लव नेतृत्वको नेकपाको भ्रममा परेर रहेका सम्पूर्ण इमान्दार र क्रान्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मुलधार नेकपामा आउन आह्वान र आग्रह पनि गर्नुभयो