कुरिनटार :  तिर्सना गुरुङ लोक दोहोरी गीत  “कात्रो” बजारमा आएको छ । चितवनको इच्छाकामना ३ चौताराका  तिर्सना गुरुङले क्लिवाटी म्यूजिक प्रालि मार्फत उक्त गीत बजारमा ल्याएकी हुन् । ।

आफुले माया गरेको मान्छे दुर्घटनामा परेपछिको एक दर्दनाक भाव समावेश गरिएको गीतमा एम.बि गुरुङ्ग र तिर्सना गुरुङको स्वर रहेको छ । कपिल मगरको लय रहेको उक्त गीतका शब्द  भने गायिका स्वयम् तिर्सना गुरुङको नै रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा गायक स्वयम् एम.बि गुरुङ्ग देखिएका छन् । “कात्रो” बोलको गीतमा जुना गुरुङ्गको पनि अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन सुरेश श्रेष्ठ र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो