कुरिनटार : नेपाल भ्रमण बर्ष २०२० को अवसरमा सम्पन्न फ्रि स्टाइल कायक च्याम्पियनसिप २०२०(Free style Kayak Championship 2020) प्रतियोगितामा रञ्जन कडेँल प्रथ भएका छन् ।
। चितवनको इच्छाकामना ३ स्थित त्रिशूली नदीमा यही शुक्रबार र शनिबार सम्पन्न प्रतियोगितामा कडेँेल प्रथ भएका हुन् ।
प्रतियोगितामा मोहन राना द्वितिय र सुमन तामाङ तृतिय भएका छन् । विभिन्न तीन विद्यामा प्रतियोगिता भएको थियो । ६ सय पुर्णङ्कमा ४९० अंक ल्याएर रञ्जन कडेँल प्रथ भएका हुन् । द्वितिय हुने मोहन राना र तृतिय हुने मोहन रानाले क्रमशः ४७० र ४३० अंक ल्याएका थिए ।
पहिलो हुने कडेँलले रु २५ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोश्रो हुने मोहन राना र तृतिय हुने सुमन तामाङले क्रमशः रु २० हजार र रु १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यागत प्रतियोगिता तर्फ स्प्रिन्टमा मोहन राना प्रथम, शक्ति कुमार गुरुङ द्वितिय र रञ्जन कडेँल तृतिय भए ।
यसैबिच हेड टु हेडमा डम्बर बहादुर पुर्वाछाने प्रथम, मोहन राना द्वितिय र सुमन तामाङ तेश्रो भए ।
फ्रिस्टाईलमा रञ्जन कडेँल प्रथ, सुमन तामाङ द्वितिय र मोहन राना तृतिय भए ।
प्रतियोगिताको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले शनिबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामनामा पर्यटक वृृद्धि गराउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङले नेपाल भ्रमण बर्षको अवसरमा इच्छाकामना गाउँपालिकाले सुरु गरेको भिजिट इच्छाकामनालाई सहयोग पु¥याउनुका साथै दिर्घकालिनरुपमा यस प्रतियोगिता मार्फत पर्यटन प्रवद्र्धन गरि आर्थिक आम्दानीमा टेपवा पु¥याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मिलन गुरुङले बताउनुभयो ।
यस प्रतियोगिताको प्रबद्र्धक भने इच्छाकामना गाउँपालिका रहेको थियो ।