कुरिनटार : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय स्थापना गरिएको छ । शुक्रबार वडा नम्बर ४ कुरिनटारमा पार्टी कार्यालय स्थापना गरिएको हो ।
पार्टी कार्यालय स्थापनासंगै शुक्रबार पहिलो सचिवालय बैठक पनि बसेको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले कार्यालय सदस्य मनोनित, वडा इन्चार्ज र सह–इन्चार्ज तोक्ने विषयमा छलफल समेत गरिएको थियो । बैठमा टुंगो लगाउने गरि छलफल भएको नेकपा इच्छाकामनाले जनाएको छ । साथै गाउँपरिषदमा नेकपाको एजेन्डाहरु के के हुने भन्ने विषयमा समेत छलफल भएको थियो ।
नेकपा वागमती प्रदेश सदस्य प्रकाश अधिकारी जिल्ला सचिवालय सदस्य तथा चितवन क्षेत्र नम्बर २ का अध्यक्ष नारायणप्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इन्चार्ज प्रताप गुरुङ, जिल्ला सदस्य तथा गाउँपालका सह– इन्चार्ज जुना राजभण्डारी,जिल्ला सदस्य तथा सह–इन्चर्जा सावित्रा सिलवाल लगायतको सहभागितामा बैठक सम्पन्न भएको हो ।