मुग्लिन :  तनहुँको आबुखैरेनीमा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन। आबुखैरेनी गाउँपलिका ४ स्थित अन्नपूर्णको एक घर पछाडीको रुखामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा युवाको शव भेटिएको हो।

आत्महत्या गर्नेमा शुक्लागण्डकी नगरपालिका ७ सेराटार बस्ने २१ वर्षका सुर्य थापा मगर रहेको ईलाका प्रहरी कार्यालय आबुखैरेनीले जानकारी दिएको छ ।

मृतक मगर मुग्लिन पोखरा चल्ने बसको सह(चालक हुन। मृतकको शवलाइ पोस्टमार्टमका लागि अहिले दमौली पठाइएको छ।