
काठमाडौं : अहिले सामाजिक सञ्जालमा चर्चा छ त, गायिका आस्था राउतको ।आफूजस्तो चर्चित सेलिब्रेटलाई चेकजाँचको क्रममा ज्याकेट खोल्न लगाएको र आफू तँ भनेर सम्बोधन गरेर अपमान गरेको भन्दै आस्था सिङ्गो प्रहरी संगठनविरुद्ध जाइ लागेकी थिइन् ।
प्रहरीलाई निरन्तर गाली दिएको आस्थाको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । एयरपोर्टमा एक महिला प्रहरीले आफूलाई नराम्रो व्यहार गरेको भन्दै उनले प्रहरीमाथि जथाभावी गाली गरेकी छिन् ।
यसैबीच, एयरपोर्टमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
विमानस्थलमा आस्था राउतको चेकजाँच गरेकी प्रहरी जवान रमिताले ड्यूटीको क्रममा आफूमाथि गालीगलौज र अभद्र व्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।