कुरिनटार,२ माघ । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार भन्ने मुल नाराका साथ २२ औं भुकम्प सुरक्षा दिवस आज देशभर मनाइएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा भूकम्प दिवस मनाइयो । गाउँपालिका र शसस्त्र प्रहरी बल विपद् व्यवसथापन तालिम केन्द्र कुरिनटारको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
दिवसको अवसरमा भूकम्प तथा अन्य दैविक प्रकोपबाट बच्ने उपायका बारेमा सचेतना कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।


दिवसको अवसरमा भूकम्पबाट बच्ने उपायबारे शसस्त्र प्रहरीले नमुना प्रदर्शन गरेका थिए । शसस्त्र प्रहरी निरिक्षक लक्ष्मण बस्नेतले भूकम्प जुनुसुकै बेला पनि आउन सक्ने भन्दै पूर्व तयारी रहनु पर्ने कुराहरुको जानकारी दिनुभएको थियो ।
साथै ग्यास लिक भएर आगो लागेमा निभाउने विधि बारे सहभागी स्थानीयहरुलाई प्रयोगात्क विधिद्धारा जानकारी गराएका थिए ।
वि।स।१९९० माघ २ गते २ बजेर २४ मिनेट जादाँ गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ देखि हरेक बर्ष माघ २ दिनलाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आएको हो ।