हीरालाल गुरुङ
कुरिनटार ,२८ पुस ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक व्यवस्थापिका संसदको शैलिमा संचालन गरेका छन् ।
सोमबार दिउँसो २ बज्नै लाग्दा राष्ट्रिय गीतबाट सुरु भएको गाउँपालिकाको छैटौँ गाउँसभामा बजेट तथा कार्यक्रमका समिति तथा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीता कुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रश्तुत गर्न अनुमती दिनुभयो । उपाध्यक्ष्य श्रेष्ठले उक्त विधेयक प्रश्तुत गर्नुभयो । उक्त विधेयकको सदस्य वलराम त्रिपाठीले समर्थन गर्नुभयो । त्यसपछि उक्त विधेयकमाथि केही सदस्यहरुले आफ्नो धारणा तथा सुझावहरु राखे ।
तत्पश्चात अध्यक्ष गुरुङले उक्त विधेयक निर्णयर्थ प्रश्तुत गर्नुभयो । सदस्यहरु यस विधेयकको पक्षमा हुन्छ भन्नेले हुन्छ भन्नुहोस, विधेयकको पक्षमा हुन्न भन्नेले हुन्न भन्नुहोस् भन्नुभयो । सदस्यहरुले हात उठाएर हुन्छ भने। सबैले हात उठाएर सहमती जनाएपछि गाउँसभाध्यक्ष गीता कुमारी गुरुङले हुन्न भन्ने आजाव नआएकाले उक्त विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गर्नुभयो । सबै सदस्यहरुले ताली बजाएर पारित गराए ।
यसैबिच अन्य विधेयकहरु सम्बन्धित विषयका संयोजकहरुबाट क्रमश प्रश्तुत भयो । ती विधेयकहरुलाई क्रमश सोही पकृयामा अघि बढाईयो ।
उक्त गाउँपालिकामा व्यवस्थापिका संसदकै शैलिमा गाउँसभा बैठक आयोजना गरिएको यो पहिलो पटक हो । यस अघिका गाउँसभाका बैठकहरुमा यस्तो अनुभव कसैले गर्न पाएका थिएनन् ।
प्रश्ततु विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यहरुलाई तीन मिनेटको समय दिएको थियो । प्रश्तुत विधेयक माथि सदस्यहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकहरुले जवाफ दिएका थिए । कतीपय बोल्ने सदस्यहरुले सभाध्यक्षलाई सभामुख भनेर संम्बोधन समेत गरेका थिए ।
प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार शंसोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोन विधेयक २०७६, भवन निर्माण सम्बन्धि विधेयक, स्वास्थ्य संस्थाहरु दर्ता संचालन तथा नियमन विधेयक २०७६ , न्ययिक समिति सम्बन्धि विधेयक २०७६ गरि छ ओटा विधेयकहरु प्रश्तुत भएका छन् । भने विवादमा रहेका एक ओटा वडा केन्द्र तोक्ने प्रस्ताव पेश भएका छन् । सोमबार प्रश्तुत विधेयकहरुको आजदेखि नै दफाबार छलफल सुरु भएको छ ।
सोमबार केही विधेयकहरुको दफाबार छलफल भएका थिए । झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले स्थगित गर्नुभयो । उहाँले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिनुभयो ।
गाउँसभामा गाउँसभा सदस्य बाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमती थियो । प्रवेश अगावै अनुमतीको एउटा कागज चिट लिनुपर्ने व्यवस्था समेत गरिएको थियो ।
स्थानिय एफएम रेडियोबाट प्रतक्ष्य प्रशारण समेत गरिएको उक्त सभाको अडियो र भिडियो रेकर्ड समेत गरेका छन् । ।
चेपाङ जनप्रतिनिधिको सक्रियता सहभागिता
झण्डै तीन घण्टा चलेको उक्त गाउँसभामा चेपाङ जनप्रतिनिधिहरुको सक्रियता प्रशंसनीय थियो । वडा सदस्य तथा गाउँसभा सदस्य खिर बहादुर चेपाङले सबै भन्दा बढी विधेयकमा आफ्नो भनाईहरु राख्न हात उठाउनुभयो । उहाँले ३ ओटा विधेयकमा आफ्नो सुझाव र केही विमतीहरु राख्नभयो । यसैबिच अर्का सदस्य डम्मर कुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाई राख्नुभयो ।
यस अघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यहरुले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाईहरु राखेका थिए ।