इच्छाकामना, २८ पुस । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको छैटौँ गाउँसभामा सोमबार छ विद्येयक र एक प्रस्ताव पेस भएको छ । बजेट तथा कार्यक्रम समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ र अन्य विषयगत सभापतीहरुले विधेयकहरु पेस
गरेका हुन् ।बैठकमा विभिन्न ऐन नियम संसोधन र कार्यविधिहरु प्रस्तुत गरि विषयगत समितिमा दफाबार छलफलको लागि विधेयकहरु पेश गरेका हुन् ।
सभाका सचिव तथा प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार शंसोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोन विधेयक, भवन निर्माण सम्बन्धि विधेयक, स्वास्थ्य संस्थाहरु दर्ता संचालन तथा नियमन विधेयक , न्ययिक समिति सम्बन्धि विधेयक गरि छ ओटा विधेयकहरु प्रश्तुत भएका छन् । भने एक ओटा वडा केन्द्र तोक्ने प्रस्ताव पेश भएका छन् । आज प्रश्तुत विधेयकहरुको आजदेखि नै दफाबार छलफल सुरु भएको छ ।
आज केही विधेयकहरुको दफाबार छलफल भएका थिए । झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले स्थगित गर्नुभयो । उहाँले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिनुभयो ।