गोरखा,२५ पुस । गोरखाको एक विद्यालयमा एक यूवक झुण्डिएको अवस्थामा भेटिएको छ ।  गण्डकी गाउँपालिका १ बुटरामा रहेको श्री जनजागृति प्राथमिक विद्यालयको भ¥याङमा झुण्डिएको अवस्थामा अन्दाजी २२/२४ बर्षको अपरिचित यूवक झुण्डिएको अवस्थामा भेटिएको हो । विहान ९ बजेको समयमा विद्यार्थीहरुले देखेपछि शिक्षक र स्थानीयलाई खबर गरेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनले लगाएको पाइन्टको पकेटमा  सिन्दुर र नगद रु ५५ रुपैयाँ भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शवलाई जिल्ला अस्पताल गोरखामा राखिएको छ ।

Vdo हेर्न तलको youtube link मा click गर्नु होला।

https://youtu.be/Pjcy6Mt-dj8