
चितवन : ट्याङकरको ठक्करबाट चितवनमा दुई जनाको मृत्यु भएको छ । बिहिबार साँझ पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं। ३र०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई सोही दिशावाट आउँदै गरेको ना ७ ख ४६६० नम्वरको ट्याङकरले ठक्कर दिएको हो ।
ठक्करबाट घाइते मोटरसाइकल चालक गोरखा भिमसेन थापा गाँउपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङ र पछाडि सवार सोही ठाँउका २५ बर्षिय सुगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुवैजनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।