कुरिनटार : चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले सुकुम्बासी परिवारलाई घर बनाइदिने भएको छ । वडा नम्बर ७ भालुमारा सुन्दरवस्तीमा रहेका ४६ परिवारलाई पक्की घर निर्माण गर्न लागिएको हो । गाँउपालिका अध्यक्ष गिताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबिच शिलन्यास गर्नुभयो । वर्षौदेखी चुहिने झुपडीमा बसेकाहरुका लागी जग्गाको ब्यवस्था सहित घर बनाईदिन लागेको अध्यक्ष गुरुङले बताउनुभयो ।
शौचालय ,खानेपानीको सुविधा सहितको घर निर्माण गरि एकिकृत नमूना वस्ति बनाउन लागिएको अध्यक्ष गुरुङले बताउनुभयो । हरेक नागरिकको लागी स्थानिय सरकारले काम गरेको भन्दै योजना अघि बढाएको गुरुङले बताउनुभयो ।
४६ घरधुरी मध्येको ३५ परिवार चेपाङ समुदायका छन् । अन्य दलित र तामाङ समुदायका रहेको वडाध्यक्ष नम्बर ७ का वडाध्यक्ष बम बहादुर थापा ‘विजय ’ले जानकारी दिनुभयो । घरबार विहिन भएका सुकुम्बासी परिवारलाई बसोबासको ब्यवस्था मिलाएको बताउनुभयो । उहाँले वडाबासीको चाहना अनुसार विकासको कार्यक्रम गरिएको बताउनुभयो ।
बर्षौदेखि चुहिने झुपडीमा बस्दै आएका उनिहरु गाउँपालिकाले घर बनाइदिनेभएपछि खुशी भएका छन् ।