कुरिनटार-पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार र फिश्लिङको बिच भागमा पर्ने स्थानमा मोटरसाइकल लाई ट्रकले ठक्कर दिदा एक जना गम्भिघाइते भएका छन।
काठमाडौ बाट मुग्लिङ तर्फ आउदै गरेको प्रदेश३-०३ ००१ प ४६१५ नम्बरको मोटरसाइकल लाइ मुुग्लिङ बाट काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ८१४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिए पछि बाइकमा सवार एक जना गम्भीर घाइते भएको मुग्लिङ प्रहरिले जनाएको छ। ठक्कर दिने ट्रक अहिले प्रहरी नियन्त्रणमा छ भने पहिचान नखुलेको गम्भीर घाइतेलाइ थप उपचारको लागि भरतपुर पठाएको प्रहरीले जनएको छ। मोटरसाइकल लाई ठक्कर दिय पछि चालक ट्रक छोडेर भाग्दा सडक एकतर्फी संचालनमा आएको छ भने ठक्कर दिने ट्रक हटाउने प्रयास भै रहेको छ।