
इच्छाकामना : नेपाल भ्रमण बर्ष २०२० सुरु भइसक्दा चितवनको एक मात्र गाउँपालिका इच्छाकानमा गाउँपालिकाले पनि विभिन्न कार्यक्रमरु आयोजना गरेका छन् । भ्रमण बर्ष सफल बनाउन भन्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको संयोजकमा मुल समिति र विभिन्न उपसमितिहरु पनि गठन गरेका छन् ।
तर गाउँपालिकाको फोहोरको व्यवस्थापन हुन सकेको छैन । गाउँपालिकाको राजमार्गका क्षेत्रहरुमा जताततै फोहोरको डुगुंर देखिन्छ । बजार क्षेत्रमा ढलको व्यवस्था नहुदाँ बाह्रै महिना सडकमा ढलका पानी बगिरहेका छन् ।
पटक पटक संचार माध्यमहरुमा पनि यहाँको फोहोको विषयमा समचार नआएको होईन तर गाउँपालिकाले यस विषयमा कुनै ध्यान दिएको छैन ।
यती बेला इच्छाकामनाको फोहोरको विषयमा सामाजिक सञ्जालमा भाईरल भएको छ । त्यो पनि गोरखाको मनकामनामा रहेको पवित्र धार्मि स्थल मनकामना मन्दिर जाने प्रवेशद्धार इच्छाकामना ४ चेरेसको फोहोर ।
सरसफाई अभियन्ता आशिका तामाङले शनिबार भिडियो मार्फत याहाँको फोहोर
देखाएकी छिन् ।
यो फोहोर हिजो आजको मात्र होईन । यहाँका बजारबाट निस्कने फोहोरहरु फाल्ने यो पनि एउटा थलो हो । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामनामा पर्ने मौवाखोला देखि रिग्दिखोला सम्म जताततै फोहोर थुप्रो देखिन्छ । भ्रमण बर्ष सुरु भइसक्दा पनि अझै फोहोर व्यवस्थापन नहुनुले इच्छाकामनामा आउने पर्यटकहरु सामु नराम्रो सन्देश त जान्छ नै केन्द्रिय राजधानी भित्रिने मुख्य राजमार्ग भएकाले यहाँको फोहोरले समग्र देशकै भ्रमण बर्ष २०२० लाई प्रभाव पार्ने देखिन्छ ।
इच्छाकामना गाउँपालिकाले भ्रमण बर्षलाई लक्षित गरि सरसफाई उपसमिति पनि गठन गरेको छ । तर भ्रमण बर्ष सुरु भईसक्दा पनि सरसफाइको काममा ढिलाई हुदाँ देशविदेशमा नराम्रो सन्देश प्रवाह भइरहेको छ । बेलैमा गाउँपालिकाले यस विषयमा सोच्न जरुरी छ ।
VDO