काठमाडौं : आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन प्रधामनन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। बुधबार बिहान साढे १० बजे दुई समकक्षीबीच टेलिफोन सम्वाद भएको जानकारी प्रधानमन्त्री ओलीले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् दिएका छन्। दुई नेताहरुबीच भएको टेलिफोन सम्वादमा नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान भएको छ। ु आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयोु, ओलीले भनेका छन्, ुहामीले नयॉ वर्ष २०२० को शुभकामना आदान(प्रदान गर्यौं। दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईंमा पुर्याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिप्रति चासो राखेका थिए। ुमोदीले आफ्नो स्वास्थ्यबारे राख्नुभएको चासो र शुभेच्छाका लागि प्रधानमन्त्रील धन्यवाद दिनु भएको छु, थापाले भने। टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन बाँकी समस्या २०२० भित्र समाधान गर्ने सहमति पनि भएको थापाले बताए। ुदुई नेताबीच सीमा विवादसहितका बाँकी रहेका समस्या सन् २०२० मा समाधान गर्ने सहमति भएको छु, थापाले भने, ुबाँकी समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको छ।ु टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीजीलाई नेपाल भ्रमणका लागि पुन : आग्रह गरेका छन्।