काठमाडौं ः प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस र सत्ताारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका शिर्ष नेताबिच साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल र प्रतिपक्षी दलका नेताबीच सहकार्य र सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको हो। नेताहरुबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए। उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताए। नेम्बाङका अनुसार नेताहरुबीच संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ। प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानविन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल कांग्रेससँग छलफल गरेर मात्र गरेका थिए।