गोरखा :  श्री भैरबी कृषि सहकारी संस्था लिमिटेड गण्डकी गाउँपालिका ६ भुम्लिचोक पल्लोटारको ११ औँ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुष्प कुमार गुरुङलाई अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । गुरुङलाई दोश्रो कार्यकालका लागि पुनः चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षमा सञ्जु गुरुङ, कोषाध्यक्षमा प्रकास चेपाङ र सचिवमा पूर्ण बहादुर चेपाङलाई सर्वसहमतीले चयन गरेका छन् ।
यसैबिच ऋण समितिको संयोजकमा भूपाल थापालाई चयन गरिएको छ ।


गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाको प्रमुख आतिथ्य तथा वडा नम्बर ६ वडा अध्यक्ष जीवन गुरुङको विशेष अतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष होम बहादुर रानाले किसानहरुका लागि गाउँपालिकाबाट आवस्यक पर्ने सबै सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाको आर्थिक विकासका लागि कृषिमा मुख्य जोड दिईने अध्यक्ष रानाको भनाइछ ।


अधिवेशनको अवसरमा उत्कृष्ट किसान,उत्कृष्ट समूह र उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
वि.स.२०६६ सालमा स्थापना भएको यस सहकारीको हाल पुँजी करिव दुई करोड पुगेको छ भने ९२ लाख बचत गर्न सफल भएका छन् । गत आर्थिक बर्षको खुद नाफा रु.११ लाख रहेको अध्यक्ष पुष्प कुमार गुरुङले बताउनुभयो ।
हाल ६९० जना शेयर सदस्य रहेको उक्त सहकारीको २६ वटा समूह रहेका छन् ।
श्री भैरबी कृषि सहकारी संस्था.लि. गोरखा जिल्लाकै दोश्रो नम्बर रहेको कृषि सहकारी संस्था हो ।