पोखरा : सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका छन् ।
एन्फा कास्की अध्यक्ष गुरुङलाई गण्डकी प्रदेशका सांसद गुरुङले एक मुक्का र एक लात्ती प्रहार गरेको बताइएको छ ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङेले कुटपिट गरेका हुन् ।
आजदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय कपमा ११ जिल्ला मध्येबाट ९ टिमको सहभागिता छ । एन्फा कास्की अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलि ९बुधबार० देखि हुँदैछ ।
प्रतियोगितामा मनाङको प्रतिनिधित्व गर्दै सांसद मनाङेको डाँफे युवा क्लबले सहभागिता जनाएको छ ।
खबरअनुसार, मनाङबाट आएका खेलाडीहरुले आफूहरुले भत्ता पाउनुपर्ने माग गरेका थिए । उनीहरुलाई भत्ता दिन नसकिने बताएपछि सांसदले मञ्चमै मुक्का प्रहार गरेका हुन् ।