काठमाडौं : उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले अन्ततः राजीनामा गरेकी छिन् । केहीबेरअघि बसेको संसद बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी हुन् ।

लगतै संसद सचिवालयमा तुम्बाहाङ्फेले राजीनामा पत्र दर्ता गराएकी छन् । उनको राजीनामासँगै सभामुख आफ्नो पार्टीको व्यक्तिलाई बनाउन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई बाटो खुलेको छ ।