काठमाडौं :  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल पछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो लागेको छ।

उपसभामुख तुम्बाहाङ्फेले केही बेरपछि पत्रकार सम्मेलन गर्ने तयारी गेकी छिन् । उनले राजिनामा दिने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।

आइतबार सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उपसभामुले राजीनामा दिने आँकल गरिएको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले उपसभामुखको भूमिका कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद दिएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली तुम्बाहाङफेलाई सरकारमा वा पार्टीमा जहाँ भए पनि आवश्यकताका आधारमा उचित जिम्मेवारी दिन सकिने आश्वासन दिएको बताएको छ ।