
चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको मुद्दा खेपेका रवि लामिछानेसहित सबैले सफाई पाएका छन् । गत साउन २० गते नारायणगढको एक होटलमा मृत भेटिएका शालिकराम पुडासैनीको मृत्युबारे मुद्दामा अन्तिम बहससगैँ लामिछानेसहित सबैले चितवन जिल्ला अदालतले सफाई फैसला गरेको हो । चितवन जिल्ला अदालतका न्ययाधिश हेमन्त रावलको इजलासले यस मुद्दामा सफाई फैसला गरेको हो । चितवन जिल्ला अदालतमा अपराह्न सुरु भएको बसमा प्रतिवादीका तर्फबाट ३ जना न्ययाधिशले बहस गरेका थिए।
पत्रकार रवि लामिछाने र युवराज कँडेलको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुनिल पोखरेल र न्ययाधिश चुडामणि सापकोटाले बहस गरेका थिए ।
पुडासैनीको मृत्यु भएपछि मृत्युअघि रेर्कड गरिएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको थियो ।
११ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरी अदालतमा बुझाएको थियो । अदालतले पत्रकार रवि लामिछानेलाई रु ५ लाख, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्कीलाई साधारण तारेका रिहा गरेको थियो ।