कुरिनटार : लडेर मेरुदण्ड भाचिएका चितवन इच्छाकामना गाउँपालिका–७, नयाँगाउ, दाहाखानीका पदम बहादुर गुरूङको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । गत असोज १० गतेको बिहान घर नजिकै घाँस काट्न जादा खनियाको रूखबाट लडेर गुरुङको मेरूदण्ड नै भाँचिएको थियो । करिब ४ घण्टा पछि गाई बाख्रा चराउन गएको गोठालाले उनलाई मरणासन्न अवस्थामा भेटाईएको थियो । तत्काल उपचार गराउन भरतपुर मेडिकल कलेज लगिए पनि आर्थिक अभावका कारणले परिवारले उपचार गराउन नसकेर उपचार कै क्रममा घरमै फिर्ता ल्याएको थियो । हाल उनलाई घरमै राखिएको छ । चिकित्सकहरुले उनको उपचारको लागि करिब ८ लाख रुपैयाँ लाग्ने बताएको परिवारले जानकारी दिएको छ । तर उपचारका लागि पारिवारिक आर्थिक अबस्था निकै कमजोर भएकाले उपचार गर्न नसकि मृत्युको बाटो अंगालेर बस्नु परेको विरामी पदम बहादुर गुरूङ बताउनु हुन्छ ।
यसै बिच उनको उपचारका लागि नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ । लोक दोहोरी गाएक तथा सर्जक सुमन आले मगरको सहयोगमा भरतपुर १०, निवासी पार्वती गुरूङ र उहाँको परिवरबाट पाप्त रू २५ हजार रूपैया नगद सहयोग गरेको हो । उक्त सहयोग रकम बिहिबार विरामी पदम बहादुर गुरूङ र उहाँको परिवरलाइ हस्तान्तरण गरिएको स्थानीय शिक्षक बुद्धिमान गुरुङले जानकारी दिएको छ ।