काठमाडौं : चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ ।चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक अल वेदर हाइवे बनाउन सुझाव दिएको हो ।
‘तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडकमार्गमार्फत् ल्हासा(केरुङ(काठमाडौं(खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले बताएको छ ।’
टोलीले अध्यागमन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताएका छन् । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको छ ।