कुरिनटार :  चितवनको इच्छाकामना १ विकटमा रहेका विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।नारायणी विकास समाज भरतपुर २९ जुगेडी देविटार परिवारद्वारा ,इच्छाकामना १ को पाँच वटा आधारभुत विद्यालयहरुमा अध्ययनरत ४१५ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । वडा नम्बर १ मा रहेका आधारभुत विद्यालयहरु भाराङ्ग ,तिपाङ्ग,राङ्ग्चुराङ्ग , सिराइचुली र डिहिबारीमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
नेकपाका जिल्ला सदस्य तथा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्ग, समाजसेवि राजेश्वर खनाल इश्वरी पौडेल, जिवन गुरुङ ,सर्य गुरुङ, वडाध्यक्ष नन्द लाल गिरी लगायतको टोली विद्यालयमा पुगेरै बालबालिकाहरुलाई कपडा पदान गरेका थिए ।

जाडोमा पातलो सर्टको भरमा विद्यालय आएका बालबालिकाहरु न्यानो कपडा पाएपछि खुशी भएका छन् । प्रधानाध्यापक दिप गुरुङ्गले गरिविका कारण जाडो मौसममा पनि पातलो कपडाको भरमा विद्यालय आउन बालबालिकाहरु बाध्य भएको बताउनुभयो उहाँले जाडोको समयमा न्यानो कपडा सहयोग गरेको प्रति सबै सहयोगी मनहरुलाई धन्यावाद दिनुभयो ।
जाडोको मौसममा बालबालिकाहरु पातलो कपडाको भर विद्यालय आउन बाध्य भईरहेको थाहा भएपछि नेकपा अध्यक्ष तथा जिल्ला सदस्य दान बहादु र गुरुङ र इश्वरी पौडेलले जिवन गुरुङ र सुर्य गुरुङ मार्फत सहयोगको अपिल गरेका थिए । उनिहरुको पहलपछि नारायणी विकास समाज भरतपुर २९ जुगेडीले न्यानो कपडा सहयोग गरेका हुन् ।