कुरिनटार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनले नेताहरुको जिम्मेवारी तथा कार्य विभाजन गरेको छ । जिल्ला पार्टी कार्यालय चितवनमा दुई दिनसम्म चलेको वैठकपछि जिम्मेवारी विभाजन गरिएको हो । पार्टीले ६ वटा स्थानीय तह, निर्वाचन क्षेत्र, सचिवालय, कार्यालय, प्रदेश सभा निर्वाचन क्षेत्रलगायतको जिम्मेवारी तोकेको हो ।
चितवनको तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि तीन जनालाई अध्यक्षको जिम्मेवारी दिएको हो । निर्वाचन क्षेत्र नं। १ को अध्यक्षमा घनश्याम कडेल, क्षेत्र नं। २ मा नारायणप्रसाद अधिकारी, क्षेत्र नं। ३ मा अञ्जान तिमल्सिना चयन हुनु भएको छ ।
त्यस्तै गरी वैठकले ६ वटै स्थानीय तहमा पार्टीको इन्चार्ज र अध्यक्ष चयन गरेको छ ।
राप्ती नगरपालिकाको इन्चार्जमा मानवहादुर स्याङबो, अध्यक्ष, इमानसिंह लामा, खैरहनी नगरपालिकाको इन्चार्जमा हिराबहादुर गुरुङ, अध्यक्ष लक्ष्मी ढकाल, रत्ननगर नगरपालिकाको इन्चार्ज राजु अम्गाई, अध्यक्ष केपी लामिछाने, कालिका नगरपालिकाको इन्चार्ज जयचन्द्र चौधरी, अध्यक्ष सविता लामा, माडी नगरपालिकाको इन्चार्जमा प्रेम तिमल्सिना, अध्यक्ष प्रभु महतो, इच्छाकामना गाउपालिका इन्चार्जमा प्रताप गुरुङ, अध्यक्ष दानबहादुर गूरुङ चयन भएका छन् ।
भरतपुर महानगरपालिकाको भने यस अघिनै चयन भइसकेको छ । इन्चार्जमा रेनु दाहाल र अध्यक्षमा रामप्रसाद न्यौपानेलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै आजको बैठकले कार्यालय सदस्य र सचिवालय सख्या पनि टुंगो लगाएको छ । कार्यालयमा सात सदस्य तोकिएको छ । जसमा पूर्व माओवादीबाट तीन जना र पूर्व एमालेबाट ४ जना रहेका छन् । पूर्व माकेबाट यमबहादुर परियार, अञ्जान तिमल्सिना र रामचन्द्र अधिकारी रहेका छन् । पूर्व एमालेबाट कृष्णभक्त पोखरेल, तेजेन्द्रबहादुर खड्का, पार्वती रावल र कृष्णराज न्यौपाने लब्ली रहेका छन् ।
त्यस्तै गरी ५२ सदस्यीय सचिवालय सदस्य रहने भएको छ ।सचिवालय सदस्यको सख्यामा पूर्व एमालेबाट २७ जना र पूर्व माओवादीबाट २५ जना सदस्य रहने भएको छ । मंगलबार र बुधबार भएको पार्टीको बैठकले जिम्मेवारी तोकेको पार्टीका नेता प्रकास ढुङगानाले जानकारी दिनु भयो । वैठकले तोकेको जिम्मेवारीको बारेमा विहीबार सार्वजनिक गर्ने तयारी भएको छ ।
वैठकमा उपनिर्वाचनबाट आएको परिणाम, पार्टीले खेल्नु पर्ने भूमिकाको विषयमा घनीभुत रुपमा छलफल भएको थियो । वैठकमा प्रदेश तहका नेताहरु, जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला अध्यक्ष यमबहादुर परियार, सचिव कृष्णभक्त पोखरेललगायतले पार्टीको रणनीतिक योजनाको विषयमा मन्तव्य राख्नु भएको थियो ।