
कुरिनटार : सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारलाई सासंद कृष्णभक्त पोखरेलले रु १० लाख सहयोग गर्ने भएको छ । चितवन क्षेत्र नम्बर २ का निर्वाचित सांसद तथा प्रतिनिधिसभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति समेत रहनुभएका सांसद पोखरेलले सर्वशान्ती माविको स्वर्ण महोत्सवको अवसर पारेर सांसद कोषबाट १० लाख उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको हो ।
अहिलेसम्म विभिन्न व्यक्तिहरुबाट १२ लाख ६७ हजार ९०० रुपैयाँ रकम सहयोगको प्रतिवद्धता आएको स्वर्ण महोत्सवका प्रचार प्रसार समितिका संयोजक रुद्र उप्रेतीले जानकारी दिनुभयो ।सर्वशान्ति माविले पौष १३ गतेदेखि १९ गते सम्म स्वर्ण महोत्सव मनाउँदैछ ।
सहयोगको प्रतिवद्धता गर्नेहरुको नाम र रकम
– सांसद तथा प्रतिनिधिसभा कानुनय न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल रु. १० लाख
-नर बहादुर नेपाल रु २५ हजार
-खुम प्रसाद त्रिपाठी रु. ५४ हजार
– कृष्णप्रसाद सिलवाल रु.५१ हजार
-चन्द्रमणी सापकोटा रु.५१ हजार
-एकराज शर्मा रु.१५ हजार
-प्रताप गुरुङ रु.११ हजार
-तुल बहादुर गुरुङ रु.१० हजार ५००
-दान बहादुर गुरुङ रु.१० हजार १००
-प्रकाश अधिकारी रु.१० हजार १००
-सावित्रा सिलवाल रु.१० हजा १००
-गोवद्र्धन अधिकारी रु.१० हजार १००
-हरि थापा रु.१० हजार १००