दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो भने बसमा सवार ११ जना घाइते भएका छन। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।