कुरिनटार-बिहान करिव १० बजेर १५ मिनेटमा मुग्लिङ फिश्लिङ चल्ने डबल क्याब बोलेरो दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन।

मुग्लिङ बाट फिश्लिङ तर्फ जाँदै गरेको ना ४ च ६९४० नम्बरको बोलेरो गाडी कुरिनटार स्थित गाउँपालिका कार्यलय जाने गेट अगाडि तिब्र गतिमा चालकले नियन्त्रण गुमाउदा सडकमै बल्ड्याङ खाएको प्रत्यक्ष दर्शीले बताएका छन।

गाडीमा सवार ३ मध्य २ जना गम्भीर घाइते भएका छन भने घाइते लाई ससस्त्र प्रहरी बल कुरिनटार र स्थानीयको सहयोगमा चेपियको अवस्था बाट उद्दार गरि ट्रमा सेन्टर कुरिनटार लगिएको छ। घाइते हरुको पहिचान खुल्न बाकी छ।