काठमाडौं  : हाल नेपालको मौसममा धपश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केहि भूभागमा हल्का वर्षा भएको पनि महाशाखाले जनाएको छ । साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपात समेत भएको महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने संभावना रहेको भन्दै महाशाखाले ती स्थानहरुमा स्थानहरुमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले शनिबार ९आज० दिउँसो मध्य, पश्चिमी र पूर्वी भूभागमा बदली रहने जनाएको छ । मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा हुने संभावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने संभावना छ ।

शनिबार राति देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने संभावना छ ।

आइतबार दिउँसो पश्चिमी, पूर्वी पहाडी भूभागमा बदली रही पश्चिमका केही स्थानमा हल्का वर्षा हुने संभावना छ। त्यस्तै हिमाली भूभागहरुमा हिमपात हुने संभावना छ ।

आइतबार राति पश्चिमी पहाडी, मध्य पहाडी तथा पूर्वी पहाडी भूभागमा बदली हुनुका साथै हिमाली भूभागमा हल्का हिमपात हुने संभावना छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोही दिन राति केही भूभागमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।