
कुरिनटार-इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा चारवटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । फिस्लिङबाट मुग्लिनतर्फ जाँदै गरेको ना १ ज ८३२८ नम्वरको म्याजिक विपरित दिशावाट आउदै गरेको बा २१ च ३०३९ नम्बर को इसुजु जिप सङ , बा ६ च ८३४५ नम्वरको स्कर्पियो जिप र ना १ ज ८००५ नम्वरको म्याजिक एक आपसमा ठक्कर खाएका हुन ।
सो दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाइते सबै म्याजिकमा सवार थिए । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरु सबैको अवस्था मध्यम छ । चारवटै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।