कुरिनटार, १७ मंसिर । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि आज २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा अन्तक्रिया कार्यक्रम गरि दिवस मनाइएको हो । कार्यक्रमममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले अपाङ्गगता भएकाहरुलाई आत्मनिर्भर बनाउनका उनिहरुको क्षमता अनुसारको तालिम सीप प्रदान गरिने बताउनुभयो ।। उहाँले आफु अपाङ्ग भएकोमा आत्मग्लानी नगरि सपांग सरह नै काम गर्न सकिन्छ भन्ने आँटका साथ अघि बढ्न आग्रह गर्दै गाउँपालिकाले आवस्यक तालिम प्रदान गरि रोजगारको अवसर दिलाउने बताउनुभयो । अपाङ्ग बालबालिकालाई छुटै अपाङ्ग विद्यालय संचालन गर्नका लागि गाउँपालिकाले बजेट विनियोजन समेत गरिएको बताउनुभयो ।

https://youtu.be/ySGKNa5wKpohttps://youtu.be/ySGKNa5wKpo

https://www.youtube.com/watch?v=ySGKNa5wKpohttps://www.youtube.com/watch?v=ySGKNa5wKpo
गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले गाउँपालिकाले अपाङ्गहरुका लागि सक्षम बनाउन आवस्यक सहयोग गर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुले पनि अवसर पाए सपाङ्ग सरह काम गरेर देखाउन सक्ने भन्दै त्यसका लागि गाउँपालिका सधैभर साथमा रहने बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य प्रताप गुरुङले गाउँपालिकाले सम्पूर्ण अपांगहरुको तथ्याङ्क लिई सोही अनुरुप कार्ययोजना बनाउनु पर्ने सुझाव दिनुभयो । अपांगगता भएकाहरुका लागि गाउँपालिकाले आफ्नो तबरबाट कुनै पनि अपांङ्गगता भएकाहरुलाई नछुट्ने गरि सेवासुविधा प्रदान गर्न निति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकामा बन्ने सरकारी भवनहरु अपाङ्गमैत्रीपूर्ण हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका प्रतिनिधि बासुसिलवालले अपाङ्गता बालबालिकाहरुको शिक्षाका लागि अपाङ्गमैत्रीपूर्ण विद्यालयको आवस्यकता रहेको बताउनुभयो । यसैबिच पूर्व साविकको दारेचोक गाविसका उपाध्यक्ष कृष्ण सिलवालले अपाङ्गगता भएकाहरुलाई दिगो विकासको मुलधारमा ल्याउनका लागि अपाङ्गमैत्री उद्योग स्थापना गरि रोजगार प्रदान गर्नु पर्ने बताउनुभयो ।


नेपाल अपाङ्ग समाज इच्छाकामनाका अध्यक्ष दिल बहादुर रानाले राज्य अपांगहरुलाई दिनुपर्ने सुविधारु प्रयाप्त नभएको बताउनुभयो । राजनितिक पार्टीहरुले निर्वाचनका बेला मात्र अपांगको महत्व बुझ्ने तर निर्वाचनपछि अवस्था कस्तो कुनै वास्ता नगर्ने बताउनुभयो ।
चुनावा बेला बोकेरै भोट हाल्न लैजाने नेता पार्टीले सत्तामा पुगेपछि विर्सिने उहाँको भनाई थियो ।
चितवन अपांग सामाज समन्वयका प्रतिनिधि बलराम मरहठ्ठाले अपांगको किसिम हाल सम्म राज्य दिएका अधिकार सुविधा र परिचयापत्र वितरणको मापदण्ड बारे जानकारी गराउनुभएको थियो । उहाँले नेपालमा १० प्रतिशतमा कुनैन कुनै रुपमा अपांगता रहेको बताउनुभयो । उहाँले समग्र विकासका लागि सबै क्षमता भएका नागरिकहरुलाई अवसर प्रदान गरि आत्मनिर्भर बनाउन अनिवार्य आवस्यक रहेको बताउनुभयो । मरहठ्ठाले क्षमताले भ्याए सम्म आफैले केही गर्न पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी अपाङ्गगता भएकाहरुले राज्यले अपाङ्गगहरुलाई क्षमता अनुसारको सिप प्रदान गरि रोजगार प्रदान गर्नुपर्ने माग गरेका थिए ।
गाउँपालिका प्रवक्ता सावित्री गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम गाउँपालिका राजश्व शाखाका प्रमुख रिता अर्याल नेपालले संचालन गर्नुभएको थियो ।