चितवनको भरतपुर महानगरपालिका १६ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारले ६३० मत र नेकपाका उम्मेदवारले ४७२ मत प्राप्त गरेका छन् । अहिले नयाँ बुथको ११७० मत गणना हुँदै छ ।