
चितवन : मुलुकका ५० भन्दा बढी स्थानमा आज उपनिर्वाचनका लागि मतदान शुरु भएको छ । आज बिहानैदेखि उप निर्वाचनका लागि मतदान शुरु भएको हो ।
एउटा प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा, एउटा उपमहानगरपालिका तथा वडाहरुमा रिक्त रहेको पदका लागि आज बिहानैदेखि मतदान सुरु भएको हो । चितवनको दुई वटा स्थानीय तहका तीन स्थानमा समेत आज बिहान सात बजेदेखि निर्वाचन सुरु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनीको वडा नम्बर ४ र ५ मा उपनिर्वाचनका लागि मतदान सुरु भएको हो । चितवनमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । चिवतनको उपनिर्वाचन तीन वटा वडाका १३ हजार भन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन् ।
यहाँ उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दलबाट १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । चितवनमा निर्वाचन पश्चात आज बेलुकीदेखि नै मतगणनाको तयारी गरिएको छ ।