कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा २८ औँ अन्तराष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । सोमबार इच्छाकामना गाउँपालिकामा एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले अभियानको उद्घाटन गर्नुभएको हो ।
विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी कर्मचारी राजनितिक दलका प्रतिनिधि लगायतको सहभागीतामा कार्यक्रम उद्घाटन गरिएको हो । पहिलो दिन विभिन्न संघसंस्थाका प्रतिनिधि महिला अधिकारकर्मी विद्यार्थीका अगुवा, शिक्षक,प्रहरी संचारकर्मी राजनितिक दल लगायतको प्रतिनिधिमुलक सहभागीतामा अन्र्तकृया कार्यक्रम समेत गरिएको थियो।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ्गले अझै पनि पितृसतात्मक मानसिकताबाट मुक्त हुन नसक्दा महिला हिंसाका गतिविधि नरोकिएको बताउनुभयो । उहाँले गाउँपालिकाकामा महिला हिंसा रोक्नका लागि विभिन्न समयमा अन्र्तकृयात्मक कार्यक्रमका साथै महिलाहरुलाई लैङ्गिगक हिंसा सम्बन्धी विषयमा जानकारी गराईरहेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठले हिंसा परिवारभित्रै बढी हुने भएकाले सज क रहनु पर्ने बताउनुभयो । महिलारु महिलबाट नै बढी पीडित हुने गरेको पनि उहाँले बताउनुभयो । उहाँले १६ दिनमा गाउँपालिकाका सबै वडाहरुमा कार्यक्रम गरिने बताउनुभयो ।


नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य प्रताप गुरुङ मौसमले हरेक बर्ष कर्मकाण्डी रुपमा कार्यक्रम गरेर महिला हिंसा अन्त्य नहुने बताउनुभयो । उहाँले यस्ता अन्र्तकृया कार्यक्रममा जनसहभागिता व्यापक हुनु पर्ने त्यासो नभएको बताउनुभयो । महिला हिंसा न्यूनिकरणमा के कती प्रगती भयो त्यासको प्रगती प्रतिवेदन प्रश्तुत गरि अघि बढ्दा आगामी दिनहरुमा गर्न पर्ने कार्यक्रमको रुपरेखा कोर्न सजिलो र प्रभावकारी हुने बताउनुभयो । सबै दुरदराजमा महिला हिंसाविरुद्धको कार्यक्रम लैजानु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि सावित्रि पुडासैनीले महिला हिंसा न्यूनिकरणक लागि महिलाहरुमा शिक्षा र चेतनाको आवस्यकता रहने बताउनुभयो । घरबाटै हिंसा सुरु हुने भएकाले परिवारबाटै सुरक्षित भए बाहिर पनि सुरक्षित हुन सक्ने उहाँको भनाई थियो ।
यसैबीच महिला समन्वयका प्रतिनिधि सावित्रा सिलवालले सबै क्षेत्रमा लैङ्गिक हिंसा भएको बताउनुभयो। उहाँले राजनितिमा समेत महिलाहरुले केही गर्न सक्दैनन भनेर अघि बढ्न नदिई नैरसता उत्पन्न गराउने, समाजमा कुरा काट्ने जस्ता प्रवृति अझै कायम रहेको बताउनुभयो । सिलवालले महिला अधिकार र लैङ्गिक हिंसा विरुद्ध सबै एक भएर अभिायन चलाउन आवस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक कञ्चन लामाले पछिल्लो समय महिला हिंसा बढेको नभई चेतना बृद्धिका कारण बाहिर ल्याउने क्रम बढेको बताउनुभयो । विगतका दिनहरुमा महिलाहरुमा शिक्षा र चेतनाका कमीका कारण आफुलाई लैंिगक हिंसा समेत भएको थाहा नपाउने अवस्था रहेको बताउनुभयो । अहिले कस्तो व्यावहारलाई हिंसा भनिने भन्ने चेतना बृद्धि हुदैँ जादाँ घटनाहरु बाहिर आउने कानुनी न्यायका लागि सम्बन्धित निकाय सम्म पुग्ने गरेको बताउनुभयो । प्रहरीले सवारी साधनमा यात्रा गर्ने महिलाहरुलाई समेत लैङ्गिगक हिंसा भयोक ीभनेर चेकजाँच गर्ने गरेको उहााले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका कानुनी सल्लाहकार रामचन्द्र न्यौपानेले महिला हिंसाविरुद्धको अभियान २०१९को अवधाराणपत्र प्रश्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका ेप्रतिनिधिहरुले बोलेका थिए । गाउँपालिका प्रवक्ता सावित्रि गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रम वडा नम्बर तीनका सचिव रिता नेपालले संचालन गर्नुभएको थियो ।