कुरिनटार : नेपालको पहिलो केबुलकर मनकमाना केबुलकार २२ बर्षमा प्रवेश गरेको छ ।पहिलो केबुलकार ०५५ साल मंसिर ८ गते देखि संञ्चालनमा आएको हो ।स्थापना दिवशको अवशरमा चितवन स्थित चेरेशमा रहेको स्टेशमा विभिन्न कार्यक्रमहरु भएको थियो । केबलकारको स्थापना दिवशको अवशरमा रक्तदान, साँस्कृतक कार्यक्रम, कर्मचारीहरुलाई सम्मान तथा यात्रुहरुलाई टिकेटमा पुरस्कारको ब्यवस्था गरीएको केबुकारका नायब महाप्रबन्धक डिएन।कायस्थले बताए ।
रक्तदान कार्यक्रममा यात्रु तथा केबलकारका कर्मचारीहरुले रक्तदान गरेका थिए । बार्षिक उत्सवको अवशरमा आईतबार चेरेश स्टेशनमा केबलबार यात्रा गरेका यात्रुहरुको टिकेटबाट लक्की ड्र समेत गराईएको थियो । लक्की ड्र मार्फत १ जनालाई मोबाईल र २ जनालाई ४३ र ३२ ईन्चको स्मार्ट टिभी उपहार परेको छ ।
केबुलकारले यो अवधिमा १ करोड ५१ लाख ३० हजार ५६७ जना यात्रुलाई ओसार पसार गरेको केबलकार प्रशासनले जानकारी दिएको छ । कार्यक्रममा केबलकार सञ्चालक राजुबावु श्रेष्ठ, रोशनबावु श्रेष्ठ र राजेशबावु श्रेष्ठ, कर्मचारीहरु र यात्रुहरुहरुको सहभागिता रहेको थियो ।