
कुरिनटार : मनकामना केबलकारले आज २१ बर्ष पुरा गरि २२ औँ बर्षमा प्रवेश प्रवेश गरेको छ । मनकामना मन्दिरको दर्शन गर्न जान सहजताा लागि २०५५ सालको मंसिर ८ गतेदेखि व्यावसायिक रूपले सञ्चालनमा ल्याइएको हो । आज बार्षिकत्सवको अवसरमा मनकाकामना दर्शन प्रालिले केबलकार परिषरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको स्टशेन म्यानेजर उज्वल शेरचनले जानकारीदनुभयो ।
यसैबीच यस आर्थिक बर्षकै सबै भन्दा बढी दर्शनार्थीहरुले शनिबार गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको दर्शन गरेका छन् । नेपालकै पहिलो केबलकार मनकामना केबलकार चढेर मात्र शनिबार ७ हजार दुई सय ९०जना दर्शनार्थी मनकामना मन्दिर पुगेको मनकामना दर्शन प्रालिले जनाएको छ
मनकामना दर्शन प्रालिका स्टेशन म्यानेजर उज्वल शेरचनका अनुसार यस आर्थिक बर्ष २०७६/७७ कै साउन देखियता यो शनिबार सबै भन्दा बढी दर्शनार्थीले एकै दिन मनकामना केबलकार चढेका हुन् । यसका साथै पैदल र सडकबाट सवारी साधनमा समेत दर्शनार्थीहरु मनकामना मन्दिर पुग्ने गर्दछन् ।
मनकामना मन्दिर दर्शन गर्न धेरै केबलकार चढेरनै जाने गर्छन् । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारबाट गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिरसम्म केबलकार सञ्चालनमा रहेको छ । मनकामना दर्शन प्रालिले केबलकार सञ्चालन गरेको हो । यसको प्रवेशद्धार वटम स्टेशन चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेसमा) मा रहेको छ ।
दर्शनार्थीको चाप बढेसंगै केबलकारको क्षमता समेत विस्तार गरिएको मकामना दर्शनप्रालिले २८ डब्बा यात्रु र तीन ओटाले सामाग्री बोक्ने गरेको छ । मनकामना केबलकारले दैनिक १० हजार यात्रुहरुलाई सेवा दिन सक्ने जनाएको छ ।
मनकामना केबलकार चढ्नका लागि नेपालीका लागी एकतर्फी रु ३९५ र दुईतर्फीका लागि रु ६७५ टिकटदर रहेको छ। यसैबीच भारतीय यात्रुका लागि एकतर्फी ४९६ र दुईतर्फी रु ८४० टिकदर रहेको छ । विद्यार्थी र बच्चाहरुका लागि टिकटमा छुटको व्यवस्था छ ।