कुरिनटार :  इच्छाकामना गाउँपालिकाले शिक्षक पदस्थापनमा चालिएको कदमबारे शिक्षक संगठनहरुले विरोध जनाएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठन नेपाल र राष्ट्रिय शिक्षक संगठन नेपालले संयुक्त विज्ञप्ती जारी गर्दै गाउँपालिकाले स्थायी शिक्षक व्यवस्थापन नहुदैँ अस्थाई शिक्षक करार सरुवा गरेको भन्दै विरोध जनाएको हो ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन नेपालका अध्यक्ष इश्वर नेपाल र राष्ट्रिय शिक्षक संगठन नेपालका कार्यवाहक अध्यक्ष सुजन सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा तत्काल यी कार्य नरोके विरोधमा उत्रिने चेतावनी समेत दिएको छ ।
विज्ञप्तीमा भनिएको छ, प्रश्तुत विषयमा शिक्षक सेवा आयोगले हालै प्रकाशित गरिएको प्राथमिक तहको स्थायी शिक्षक पदपुर्तीका क्रममा शिक्षा विकास भरतपुरबाट यस इच्छाकामना गाउँपालिकामा सिफारिस भई आउने शिक्षकहरुलाई पदस्थापन गर्ने क्रममा केहि विद्यालयमा दरबन्दी रिक्त नभएको अवस्थामा रिक्त देखाईएको रिक्त भएका विद्यालयहरुमा भने रिक्त भएको नदेखाई शिक्षा समितिको निर्णयवेगर आफु खुशी समिति व्यक्तिहरुको स्वार्थसिद्धिका लागि कदम चालिएको र योग्ता क्रममा आफुले विद्यालय छान्न पाउने अधिकारप्रति कुठारातघात गरेकोले हामी यस कार्यप्रति घोर भत्र्सना गर्न चाहन्छौँ । यदी यसरीनै मनोमानी तरिकाले आफु खशुी यस्ता हर्कतहरु गाउँपालिकाले गर्दै गएमा हामी विरोधमा उत्रन समेत बाध्य हुनेछौँ ।