कुरिनटार : इच्छाकामना ठूलो पञ्चमी मेलाको तयारी पुरा भएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ५ मा रहेको प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको प्रांगणमा हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने पञ्चमी मेलाको तयारी पुरा भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले जानकारी दिनुभयो । मेलामा स्थानीय सांस्कृतिक झाँकी सहित ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने छ । मेला आज साँझ देखि सुरु भई भोली दिनभर लाग्ने लाग्ने छ ।
मेलामा चर्चित लोक दोहोरी गायक विष्णुखत्री सहित चन्द्र परियार, पृथ्वी गुरुङ सितल गुरुङ, काजल गुरुङ, सरिता गुरुङ,प्रिति गुरुङ, निश्चल गुरुङ, पवनश्री परियार, सान्तोष थपलिया, मनिष थापा, सुमन आले गोविन्द रिजाल, किसान बाबु राना लगायतको लोक तथा दोहोरी प्रश्तुती रहने आयोजक श्री सिद्धबाबा मन्दिर संरक्षण समितिका अध्यक्ष राप्रसाद बोहोराले जानकारी दिनुभयो।
“कृषि, पर्यटन, शिक्ष, वातावरण र पूर्वाधार, नमुना इच्छाकामना गाउँपालिका निर्माणको मुल आधार” भन्ने मुल नाराका साथ धर्म संस्कृतिकको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना हुने मेलाको संरक्षक इच्छाकामना गाउँपालिका रहेको छ ।
परापूर्वकाल देखिनै मेला लाग्दै आएको यस ऐतिहासिक प्रसिद्ध धामिर्क स्थल इच्छाकामना मन्दिरमा देशका विभिन्न ठाउँबाट बाजागाजा सहित पञ्चवली,फुलको डोली र बली चढाउने गर्छन ।

मेलामा चर्चित लोक दोहोरी गायक विष्णुखत्री सहित चन्द्र परियार, पृथ्वी गुरुङ सितल गुरुङ, काजल गुरुङ, सरिता गुरुङ,प्रिति गुरुङ, निश्चल गुरुङ, पवनश्री परियार, सान्तोष थपलिया, मनिष थापा, सुमन आले गोविन्द रिजाल, किसान बाबु राना लगायतको लोक तथा दोहोरी प्रश्तुती रहने आयोजक श्री सिद्धबाबा मन्दिर संरक्षण समितिका अध्यक्ष राप्रसाद बोहोराले जानकारी दिनुभयो।
“कृषि, पर्यटन, शिक्ष, वातावरण र पूर्वाधार, नमुना इच्छाकामना गाउँपालिका निर्माणको मुल आधार” भन्ने मुल नाराका साथ धर्म संस्कृतिकको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना हुने मेलाको संरक्षक इच्छाकामना गाउँपालिका रहेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले जानाकारी दिनुभयो ।
परापूर्वकाल देखिनै मेला लाग्दै आएको यस ऐतिहासिक प्रसिद्ध धामिर्क स्थल इच्छाकामना मन्दिरमा देशका विभिन्न ठाउँबाट बाजागाजा सहित पञ्चवली,फुलको डोली र बली चढाउने गर्छन ।

इच्छाकामना मन्दिरको संक्षिप्त जानकारी

इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्दछ । इच्छाकामना मन्दिर इच्छाकामना ३ फिस्लिङबाट दुई घण्टामै सजिलै यातायातबाट पुग्न सकिन्छ । मनकामना माईको सात दिदी बहिनी थिए । इच्छाकामना माई सात दिदी बहिनी मध्ये एक हुन् ।
इच्छाकामना माई १९६५ साल अर्थात आजभन्दा १०९ बर्ष अगाडी स्थानीय मनिराज दर्लामी गोठाला जाँदा माईको दर्शन पाएका थिए । त्यसपछि गाउँलेहरुले ढुंगाको मन्दिर निर्माण गरी पुजा–आजाको सुरुवात गरेका हुन् । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ती पनि स्थापना भएको छ । मोटरबाटो खुलेपछि आजभोली मनकामना पुग्ने केहि तिर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ । इच्छाकामना गाउँपालिका वाडनं ५ चितवन जिल्लामा पर्दछ । अहिले चितवन जिल्लाको साविकका दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति सबै मिलेर इच्छाकामना गाउँपालिका भएको छ ।

इच्छाकामना र मनकामना मन्दिर दुई विपरित अर्थात आमुन्ने सामुन्ने डाँडामा छन् । तिर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पुरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो ।
यहाँका स्थानियहरु भने यातायात र प्रचारको अभाव दर्शनार्थीहरुको आवागमनमा बृद्धि हुन नसकेको बताउछन् ।अहिले मोटरबाट पुगेकाले मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु पनि फाट्टफुट्ट ईच्छाकामना मन्दिर जाने गरेका छन् ।
विगतको तुलनामा केहि भक्तजन तथा पर्यटहरुको संख्यामा बृद्धि भए पनि प्रचार प्रसार र सम्बन्धित निकायको ध्यान नगएका कारण ओझेलमा परेका हुन् ।
गाउँपालिकाद्वारा सार्वजनिक विदा
यसैबिच एतिहासिक यस धार्मि स्थल इच्छाकामना मन्दिर प्रांङ्गणमा लाग्ने मेलाको अवसरमा इच्छाकामना गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरिएको छ । सुचना जारी गर्दै गाउँपालिकाले मंसिर १ गते आईतबार मेलाको दिन गाउँपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सबै सार्वजनिक संघसस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिईएको जनाएको छ ।