कुरिनटार, २९ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिकाले संचालन गरेको कर संकलनको विषयमा फेसबुकमा लेखेको स्टाटसलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । गोरखाको गण्डकी गाउँपालिकाको गोर्दी घर भई हाल इच्छाकामनामा बस्दै आएका फेसबुकमा गुरुङ राजिन भनिने राजेन्द्र गुरुङले इच्छाकामना एफएममा कार्यरत पत्रकार तथा इच्छाखबर डटकमका संचालक सञ्जय पोखरेललाई सामाजिक सञ्जाल र मोवाईलबाट ज्यान मार्ने धम्की दिएको हो ।
बिहिबार फेसबुक मार्फत र आज बिहान पटक पटक फोन गरि ज्यान मार्ने धम्की दिएको पत्रकार सञ्जय पोखरेलले बताउनुभयो ।
इच्छाकामना सञ्चारकर्मी समूहद्वारा कारबाहीको माग
यसैबिच इच्छाकामना सञ्चारकर्मी समूहले पत्रकार सञ्जय पोखरेललाई ज्यान मार्ने धम्की दिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै संचारकर्मी समूह इच्छाकामनाले  यस्ता कार्यले अभिव्यक्ति स्वतन्त्रतामा आँच पु¥याउने र स्वतन्त्र रुपमा पत्रकारले समाचार संकलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने काम भएको भन्दै तत्काल कारबाही गर्न माग गरिएको छ ।