मुग्लिन, २८ कात्तिक । चितवनमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । आज बिहान बिहान २ ः ३० बजे इच्छाकामना गाउँपालिका – ६ जलबिरेमा नारायणगढबाट मुग्लिन जादैँ गरेको बा १० च ४४१३ नं को टाटा डिआइ र विपरीत दिशा तर्फ आउदैँ गरेको बा ६६ प २९६५ नंको मोटरसाइकल एक आपसमा ठक्कर खादाँ भरतपुर महानगरपालिका–६ बस्ने वर्ष ३० का रोसन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सापकोटाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा ३ः १८ बजे मृत्यु भएको हो । ठक्कर दिने गाडि इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।